५ पुस २०८२, शनिबार | December 20, 2025

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा रवि लामिछाने चयन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)को संसदीय दलको नेतामा रवि लामिछाने चयन भएकाछन् ।

सोमबार बिहान बसेको रास्वपका सांसदहरुको बैठकले पार्टी संयोजक लामिछानेलाई दलको नेतामा चयन गरेको हो ।
लामिछाने निर्विरोध चयन भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जनाएका छन् ।

रास्वपले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिटमा जित हासिल गर्दै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।

दलको नेता चयन भएपनि पनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ । बाँकी पदमा पनि आजै बस्ने संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले चयन गर्ने बताइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १० : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको