७ आश्विन २०८३, बुधबार | September 23, 2026

फिनिक्स कलेजका कार्यकारी निर्देशक पोख्रेल आउटस्ट्याण्डिङ लिडरसिप अवार्डद्वारा सम्मानित



काठमाडौं । फिनिक्स कलेज अफ म्यानेजमेन्टका कार्यकारी निर्देशक लक्ष्मण पोख्रेल आउटस्ट्याण्डिङ लिडरसिप अवार्डबाट सम्मानित भएका छन । दुबईको फेस्टिभल सिटीस्थित इन्टर कन्टिनेन्टल होटलमा संचालित एजुकेशन २.० बहुराष्ट्र सम्मिलित इन्टरनेशनल कन्फरेन्समा निर्देशक पोख्रेल सम्मानित भएका हुन् ।

डिसेम्बर १६ देखी डिसेम्बर १८ गते तीन दिन सम्म संचालन भएको एजुकेशन २.० कन्फरेन्समा संसारभरका शैक्षिक क्षेत्रका ३०० भन्दा बढी बिज्ञहरु सम्मिलित भएका थिए । कार्यक्रममा विभिन्न बिज्ञहरुले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मानित पोखे्रलले पनि प्यानल डिस्कसनमा भाग लिई विज्ञ वक्ताको रुपमा आफ्नो प्रस्तुती दिएका थिए ।

इन्फिनियमइभेन्ट्सद्वारा आयोजना गरीएको उक्त कार्यक्रम दुबईको फेस्टिभल सिटी र अमेरिकाको लास भेगासमा संचालन हुने गर्दछ । उक्त इभेन्टमा एजुकेसन, हेल्थ, इन्टरनेट, कानून, मार्केटिङ, मनि समेत गरी ६ वटा विधामा कन्फरेन्स संचालन हुने गर्दछ ।

नेपाली राष्ट्रिय पोषाकमा सम्मान लिएपछि मन्तव्य दिंदै पोख्रेलले अवार्डले आफु निकै गौरवान्वित भएको भन्दै उक्त सम्मान परिवार, साथिभाई, बिद्यार्थी, शिक्षक, कर्मचारी लगायत प्रोत्साहन गर्ने ज्ञात अज्ञात सबैलाई समर्पण गरे । कन्फरेन्समा सिकेको कुरालाई देश भित्र शैक्षिक विकासमा प्रयोग गर्ने जानकारी पोख्रेलले गराए साथै नेपालमा पनि भबिष्यमा यस्तै अन्तराष्ट्रिय कन्फरेन्स संचालन गर्ने बताए ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १ : ४२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई