२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

एकीकृत समाजवादीमा माधव नेपाल र जनमत पार्टीमा सीके राउत सर्वसम्मत संसदीय दलको नेता चयन



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । सोमबार पार्टी कार्यालय शान्तिनगरमा बसेको दलको बैठकमा नेपाल सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला चयन भएका छन् । हालै सम्पन्न निर्वाचनमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेको थियो । तर, समानुपातिकमा भने थ्रेस होल्ड कटाउन सकेन ।

यस्तै, सोमबार नै जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा.सिके राउत सर्वसम्मत चयन भएका छन् । दलको केन्द्रीय समिति बैठकपछि बसेको दलको बैठकले राउतलाई सर्वसम्मत नेता चयन गरेको हो ।

जनमत पार्टीबाट संसदमा ६ जना सांसद छन् । उसले थ्रेस होल्ड कटाउँदै पाँच सांसद र एकजना प्रत्यक्षतर्फ जित हासिल गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुससम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेपछि सबै पार्टी अहिले दलको नेता चयनमा लागेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ३ : ०२ बजे

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको