५ पुस २०८२, शनिबार | December 20, 2025

वामपन्थीको सरकार बन्दैन : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामपन्थीको सरकार नबन्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले नै वामपन्थीको सरकार बन्ने अवस्था नरहेको बताए ।

पाँच दलीय गठबन्धनमा आवद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी नेतृत्वको सरकार बनाउन प्रयास थालेको भनिएका बेला अध्यक्ष नेपालको सो धारणा आएको हो ।

साथै अध्यक्ष नेपालले वामपन्थीइतरको मात्रै पनि सरकार नबन्ने दाबी गरे । पाँच दलीय गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका उनले आपसी संवादबाट प्रधानमन्त्रीसहित शक्ति बाँडफाँट गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ३ : १३ बजे

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय