१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बुटवलका चोकहरुमा केटा जिस्काउने ७ महिला पक्राउ



बुटवल । रुपन्देहीको बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काइरहेका ७ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। १८ वर्षीया किशोरीदेखि ५० वर्षसम्मका महिला पक्राउ परेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवल उपमहानगरपालिका क्षेत्रका विभिन्र सार्वजनिक चोकमा महिलाको समूहले पैदलयात्री पुरुषहरुलाई यौनजन्य इसारा गरेर जिस्काउने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–२ बस्ने २३ वर्षीया मालिका सुब्बा, सोही ठाउँकी २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापा छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरुले सार्वजनिक स्थानमा यात्रुलाई अपशब्द बोल्ने, यौनजन्य इसाराका संकेतहरुबाट जिस्काउने, हातपात गर्ने गरेका थिए। पक्राउ परेका ७ जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १० : १७ बजे

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य