७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवलका चोकहरुमा केटा जिस्काउने ७ महिला पक्राउ



बुटवल । रुपन्देहीको बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काइरहेका ७ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। १८ वर्षीया किशोरीदेखि ५० वर्षसम्मका महिला पक्राउ परेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवल उपमहानगरपालिका क्षेत्रका विभिन्र सार्वजनिक चोकमा महिलाको समूहले पैदलयात्री पुरुषहरुलाई यौनजन्य इसारा गरेर जिस्काउने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–२ बस्ने २३ वर्षीया मालिका सुब्बा, सोही ठाउँकी २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापा छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरुले सार्वजनिक स्थानमा यात्रुलाई अपशब्द बोल्ने, यौनजन्य इसाराका संकेतहरुबाट जिस्काउने, हातपात गर्ने गरेका थिए। पक्राउ परेका ७ जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १० : १७ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ