११ चैत्र २०७९, शनिबार | March 25, 2023

‘सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन’


५ पुस २०७९, मंगलबार  

143
Shares

गोरखा । विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-३ स्थित न्याकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ ।

गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

स्वास्थ्य एकाइ नहुँदा स्थानीय बासिन्दा सिटामोल र जीवनजलका लागि समेत झण्डै पाँच घण्टाको बाटो धाउनुपर्ने बाध्यता रहँदै आएको थियो । एकाइ स्थापना भएसँगै न्याकवासीको आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष लामाको भनाइ छ ।

“न्याकवासीलाई आधारभूत स्वास्थ्योपचारका कठिनाइ थियो”, उनले भने, “गाउँपालिकाले पालिकावासीमा आधारभूत स्वास्थ्योपचारको सहज पहुँच पु¥याउने लक्ष्यअनुसार एकाइ स्थापना गरिएको हो ।” न्याकमा ४० घरपरिवारको बसोबास रहेको जनाइएको छ ।

“त्यहाँका बासिन्दा सामान्य स्वास्थ्योपचारका लागि समेत गाउँपालिकाको केन्द्र रहेको फिलिमसम्म आउनुपर्ने बाध्यता थियो”, उनले भने, “गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मीसमेतको व्यवस्था गरी न्याकमै औषधिसहित एकाइ स्थापना गरेपछि अब घरआँगनमा उपचार सेवा पाउने भएका छन् ।”

अध्यक्ष लामाले न्याकमा स्वास्थ्य एकाइ स्थापना हुनु स्थानीय बासिन्दाका लागि मात्र नभएर समग्र गाउँपालिका समेत खुसीको कुरा भएको बताए । गाउँपालिका तथा वडा कार्यालयबाट समेत भौगोलिक हिसाबले टाढा पर्ने स्थानीयवासीले लामो समयदेखि स्वास्थ्यचौकी स्थापना गर्न माग गर्दै आएका थिए ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ७ : ३६ बजे

व्यावसायिक वातावरण बनाएर अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन वरिष्ठ उपाध्यक्ष ढकाल आग्रह

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले

मनाङ मर्स्याङ्दीले चुम्यो २२ औं तिलोत्तमा गोल्डकपको उपाधी

तिलोत्तमा । २२ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी

पाल्पाको तिनाउ गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

माओवादी पदाधिकारी बैठकको निष्कर्ष- सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने

कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको