५ श्रावण २०८३, मंगलबार | July 21, 2026

‘मानवताका लागि सांगीतिक यात्रा’ लिएर ‘नेपथ्य ब्याण्ड’ शनिबार बुटवल आउँदै



बुटवल । ‘मानवताका लागि सांगीतिक यात्रा’ लिएर चर्चित ‘नेपथ्य ब्याण्ड’ शनिबार साँझ बुटवल आउँदै छन ।

मानव सेवा आश्रमले नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य ब्याण्ड’सँगको सहकार्यमा यही पुस ९ गते शनिबार साँझ ४ बजे बुटवलको रामनगर खेल मैदानमा गर्ने कार्यक्रमको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन ।

गायक अमृत गुरुङ र नेपालयका किरण श्रेष्ठ, अर्पण शर्मासहित प्राविधिक समेत गरि ७० जनाको टोलीसहित बुटवलमा सांगेतिक कार्यक्रमका लागि आउने भएका हुन् ।

सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको हो । कन्सर्टमा गायक गुरुङले मानवता झल्किने र मानवता प्रवर्द्धनमा सहयोग पुग्ने गीतसँगै आफ्ना चर्चित संगित प्रस्तुित गर्नेछन् ।

बुटवलमा हुने कन्सर्टका लागि ६ हजार टिकट बिक्री गरिने आयोजकले जनाएको छ । टिकट शुल्क एक हजार राखिएको छ । टिकट खरिदका लागि मोवाइल एप ई-सेवा, खल्ती, थुप्रै डटकम लगायतबाट अनलाइन बुकिङ गर्न सकिन्छ । इ-सेवा लगायत मोवाइल एपहरुको भोटिङ तथा इभेन्टमा गएर बुटवलका लागि टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ । यसैगरी प्रत्येक्ष रुपमा बुटवलमा रहेको मानव सेवा अश्रमको कार्यालयमा गएर पनि टिकट गरिद गर्न सकिने छ । बुटवलको राजमार्ग चौराह, मिलनचोक तथा ट्राफिकचोक लगायतका स्थानमा स्टल स्थापना गरी टिकट बिक्री भइरहेको मानव सेवा आश्रम लुम्बिनी प्रदेशकी प्रमुख सुसिला केसीले जानकारी दिइन ।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको रुपन्देही संयोजक टिकामाया थापाले बताइन । सांगीतिक आनन्द पनि हुने मानवताका लागि सहयोग पनि पुग्ने भएकाले महाअभियानमा साथ दिन कार्यकम संयोजक लोकनाथ भुसालले आव्हान गरेका छन् ।

मंसिर १९ गते वीरगंजको ‘आदर्शनगर रंगशाला’बाट अभियान शुरु भएको थियो । सांगेतिक यात्रा पुस ६ गते वीरेन्द्रनगर सुर्खेत आएको छ । मंसिर २२ गते हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा, मंसिर २५ नारायणघाटको ‘क्याम्पाचौर’मा तथा मंसिर २९ गते नेपालगन्जमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

पुस ३ गते धनगढीमा सम्पन्न भएको छ भने पुस १२ गते पोखरास्थित प्रदर्शनी केन्द्रमा प्रस्तुति दिने कार्यक्रम रहेको छ । यसरी देशका सम्पूर्ण प्रदेशहरू घुमिसकेपछि अन्तिममा ब्याण्ड काठमाडौं पुग्नेछ । काठमाडौंमा भने पुस १६ गते भृकुटीमण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ११ : ०७ बजे

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा