१५ चैत्र २०७९, बुधबार | March 29, 2023

आइएमई र नेपाल एसबीआई बैंकवीच सम्झौता, रेमिटेन्स भुक्तानी थप सहज हुने दाबी



काठमाडौँ । आइएमई र नेपाल एसबीआई बैंकवीच रकम भुक्तानी सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ ।

सोमबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच उक्त सम्झौता सम्पन्न भएको थियो । सम्झौता पत्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, नेपाल एसबीआई बैंकका प्रबन्ध संचालक एवम् प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख संचालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याललगायत दुवै संस्थाका उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो । सम्झौताले रेमिटेन्स भुक्तानी थप सहज हुने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १ : ३० बजे

सरकारी चिकित्सकलाई निजी क्लिनिकमा नेम प्लेट राख्न प्रतिबन्ध

काठमाडों । अवदेखि सरकारी अस्पतालमा दरबन्दीमा रहेका चिकित्सकहरुले निजी क्लिनिकमा

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई

काठमाडौं । अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुस्कार गीतकार किरण खरेललाई

रसुवागढी/केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन हुँदै, तातोपानी/झाङ्मु नाका बैशाखबाट खुल्ने

काठमाडौं । रसुवागढीरकेरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा

अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ

काठमाडौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ

विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको