१८ असार २०८३, बिहिबार | July 2, 2026

परिणाम अनेपेक्षित आयो तर निरास बन्दिन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा भारी मतसहित पराजित भएका महामन्त्री गगन थापाले नतिजा अनेपेक्षित भएको बताएका छन् ।

बुधबार संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि संचारकर्मीरूसँग कुरा गर्दै थापाले मतपरिणाम अपेक्षित नभएपनि निरास भने नहुने बताए । उनले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई पनि दिएका छन्। थापाले निर्वाचन परिणामलाई स्वीकार गर्दै सांसद र महामन्त्रीको भूमिका प्रभावकारी रूपमा अघि बढाउने बताए । उनले सरकारमा नजाने स्पष्ट पारे ।

थापाले भने ुसंसदीय दलको नेतामा पटक(पटक चयन हुनुभएका सभापति यसपटक पनि निर्वाचित हुनुभएको छ। उहाँलाई शुभकामना छ। उहाँको जिम्मेवारी अब उन्नत र गौरवमय बनोस्, ।

थापाले आफु पराजित भए पनि संसदीय दलमा उठेर मतदातासँग गरेको वाचा पुरा गरेको बताए ।

थापा सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले पराजित भएका हुन् । देउवाले ६४ मत पाउँदा थापाले भने २५ मत मात्र पाउन सके । उनकै गुटका सांसदले पनि उनलाई मतदान गरेनन् ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ११ : ४९ बजे

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज