५ पुस २०८२, शनिबार | December 20, 2025

परिणाम अनेपेक्षित आयो तर निरास बन्दिन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा भारी मतसहित पराजित भएका महामन्त्री गगन थापाले नतिजा अनेपेक्षित भएको बताएका छन् ।

बुधबार संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि संचारकर्मीरूसँग कुरा गर्दै थापाले मतपरिणाम अपेक्षित नभएपनि निरास भने नहुने बताए । उनले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई पनि दिएका छन्। थापाले निर्वाचन परिणामलाई स्वीकार गर्दै सांसद र महामन्त्रीको भूमिका प्रभावकारी रूपमा अघि बढाउने बताए । उनले सरकारमा नजाने स्पष्ट पारे ।

थापाले भने ुसंसदीय दलको नेतामा पटक(पटक चयन हुनुभएका सभापति यसपटक पनि निर्वाचित हुनुभएको छ। उहाँलाई शुभकामना छ। उहाँको जिम्मेवारी अब उन्नत र गौरवमय बनोस्, ।

थापाले आफु पराजित भए पनि संसदीय दलमा उठेर मतदातासँग गरेको वाचा पुरा गरेको बताए ।

थापा सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले पराजित भएका हुन् । देउवाले ६४ मत पाउँदा थापाले भने २५ मत मात्र पाउन सके । उनकै गुटका सांसदले पनि उनलाई मतदान गरेनन् ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ११ : ४९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता