२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक, सांसदको शपथपछि दलको नेता चुन्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको नेता चयनका लागि बैठक बोलाइएको बताइएको छ ।

संघीय संसद् भवनमा बिहीबार दिउँसो नवनिर्वाचित सांसदहरुले शपथ लिइसकेपछि मात्र माओवादीले संसदीय दलको नेता चयन गर्ने भएको छ । शपथग्रहण लगत्तै माओवादीले दलको नेता चयनका लागि बैठक बोलाएको छ ।

बैठक ४ बजेदेखि सुरु हुने छ। नेता चयनका लागि बैठक भनिए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै दलको नेता चयन हुने निश्चित छ । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी माओवादी केन्द्रका ३२ सांसद छन् ।

यसअघि बुधबार निर्वाचन प्रक्रियाबाट कांग्रेसले दलको नेता चयन गरेको छ । जसमा ६४ मत ल्याउँदै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेता चयन भएका छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ८ : २३ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको