२६ बैशाख २०८१, बुधबार | May 8, 2024

सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण सम्पन्न भएको छ ।

प्रतिनिधिसभामा ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सपथ दिलाएका हुन् ।

प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् ।

शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए। संसद सचिवालयका अनुसार २६ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिएका सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराएका थिए ।

सपथ ग्रहण समारोहको संचालन संसद सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले गरेका छन ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य राणालाई पद तथा गाेपनीयताकाे शपथ गराएकी थिइन् ।

सपथग्रहण कार्यक्रम अघि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि र स्वतन्त्र सांसदको बैठक बसेको थियो । सो बैठकमा सपथ ग्रहण प्रक्रियाबारे संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले शपथग्रहणको प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

सपथ ग्रहण समारोह सकिएपछि जेष्ठ सदस्य राणाले चियापान आयोजना गरेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  १ : ३० बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक