२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

राजेन्द्र लिङ्देनको थप शपथ- भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु



काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

संघीय संसद सचिवालयले उपलब्ध गराएको अनुसूची ३ प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा १ संम्बन्धित् व्यवहोराअनुसार सांसदहरुले शपथ ग्रहण गरे ।

तर, त्यसमा केही शब्द थपेर राप्रपा अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरे । उनले थप शपथ भन्दै ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु’ भनेर शब्द थपेर शपथ ग्रहण गरेका हुन् ।

उनीसहित राप्रपाका १३ जना सांसदले सोही व्यहोरा लेखिएको अर्को पत्रमा शपथ लिएको हस्ताक्षर गरेर संसद सचिवालयमा बुझाएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ६ : ०० बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको