१५ माघ २०८२, बिहिबार | January 29, 2026

लुम्बिनी प्रदेश विश्वविद्यालयका लागि संघीय सरकारले जग्गाको भाडा मागेपछि कार्यान्वयनमा ढिलाई



बुटवल । लुम्बिनी प्रादेशिक विश्वविद्यालयका लागि खजुरा गाँउपालिकाले भोगाधिकारका लागि सिफारिस गरेको जग्गामा संघीय सरकारले भाडा मागेपछि विश्वबिद्यालयको कार्यान्वयनमा ढिलाई हुने देखिएको छ । लुम्बिनी प्रदेश सरकारले घोषणा गरेको प्रदेश प्राविधिक विश्व विद्यालयका लागि प्रदेशले भोगाधिकार मागेको जग्गामा संघीय सरकारले लिजमा (भाडामा) लिन भनेपछि विश्वबिद्यालय कार्यान्वयन पक्रियामा ढिलाई हुने भएको हो ।

रुपन्देहीका पत्रकारहरुलाई मुख्यमन्त्री कुल प्रसाद केसीको सचिवालयले धन्यवाद दिन राखेको कार्यक्रममा बोल्दै विश्वबिद्यालयका कुलसचिव रेग भण्डारीले संघीय सरकारले लिजमा लिन प्रस्ताव गरेपछि पुनः प्रदेश सरकारले विश्वबिद्यालयलाई नि:शुल्क हस्तान्तरण वा भोगाधिकारका लागि निर्णय गर्न प्रदेश सरकारको तर्फबाट सिफारिस भएको बताए । उनले बाँकेको खजुरामा केन्द्रीय कार्यालय स्थापना गरि विश्वबिद्यालय कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको बताए ।

प्रदेश सरकारले विश्वबिद्यालय स्थापनालाई आफ्नो गौरवको कार्यक्रममा राखेको छ । विश्वबिद्यालयका लागि अघिल्लो आर्थिक वर्षमा खजुरा गाँउपालिकाले पालिकाको वडा नम्बर ८ मा रहेको झण्डै एकसय बिगाहा जग्गा विश्वबिद्यालयले भोगाधिकार गर्ने गरि सिफारिस गरेको थियो । पालिकाबाट निर्णय गरि जिल्ला समन्वय समितिको समेत सिफारिसमा प्रदेश सरकारबाट संघीय सरकारमा भोगाधिकार (हक हस्तान्तरण) कालागि सिफारिस भएकोमा सरकारी विश्वबिद्यालय संचालन गर्न माग गरिएको जग्गाको संघीय सरकारले भाडा मागेको बताइएको छ ।

विश्वबिद्यालय कार्यान्वयन गर्दै बाँकेको नेपालगन्जमा तत्कालका लागि केन्द्रीय कार्यालयसमेत उदघाटन गरिसकिएको छ । मुख्यमन्त्री केसीले कार्यालयको उदघाटन गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ९ : ०८ बजे

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा

मधेसको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

धनुषा । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

तानसेन । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको