१६ असार २०८३, मंगलबार | June 30, 2026

‘ए’ डिभिजन लिग निर्धारित मितिमा नहुने



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग निर्धारित समयमा नहुने बताएको छ । एन्फा प्रवक्ता सुरेस शाहले शीर्ष डिभिजन लिग २६ पुसबाट नहुने पक्का भएको बताए ।

बिहीबार बसेको एन्फा र सहभागी १४ क्लबको चार घण्टाको बैठक अनिर्णित बन्दा लिग सर्ने पक्का भएको हो । ‘बैठकले कुनैनिर्णय लिन सकेन । अब, २६ गते कुनै पनि हालतमा लिग हुन सक्दैन,’ शाहले भने । उनको अनुसार १४ गते बस्ने बैठकले नयाँ मिति तय गर्नेछ ।

एन्फाले पुस २६ गतेबाट लिग परिमार्जन गर्दै डबल राउन्ड रोबिन आधारमा आयोजना गर्ने र केहि खेलहरु मोफसलमा पु¥याउने जनाएको थियो । यसैगरी एन्फाले लिग पाँच महिनाको गर्ने बताएको थियो ।

आगामी शीर्ष डिभिजन लिगको लागि बिहीबार (पुस सात गते) अन्तिम टोली दर्ता मिति थियो । अन्तिम दिनसम्म दुई क्लब बाहेक अन्य क्लबले दर्ता नगरेपछि लिग निर्धारित समयमै नहुने पक्का भएको हो ।

‘लिग कहिले हुने ? कसरी हुने ? मुख्य प्रायोजक के ? पुरस्कार रकम के दिने ? कुन मैदानमा खेल हुने ? केहि टुंगो छैन । झाडा टार्ने लिग गर्न खोजेर मात्र हुँदैन,’ एक क्लबका प्रतिनिधिले भने ।

हालसम्म साविक उपविजेता विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र यसै सिजनको लागि बढुवा भएको चर्च ब्वाइज क्लबले मात्रै लिग खेल्न एन्फामा दर्ता गराएका छन् ।

बाँकी १२ क्लब (साविक विजेता मछिन्द्र फुटबल क्लब, तेस्रो भएको न्युरोड टिम एनआरटी, सातदोबाटो युथ क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, एपिएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, नेपाल पुलिस क्लब, फ्रेन्ड््स क्लब र बढुवा भएको खुमल्टार युवा क्लब)ले दर्ता गराएका छैनन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : १६ बजे

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ । यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा

सङ्खुवासभाको सिलिचोङमा पहिरो जाँदा सात परिवार विस्थापित

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा लगातारको वर्षापछि आएको बाढीपहिरोले

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी