२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाँकेका दुई स्थानीय तहमा पाठ्यक्रम लागू


९ पुस २०७९, शनिबार  

273
Shares

नेपालगन्ज । बाँकेका दुई स्थानीय तहमा स्थानीय पाठ्यक्रम लागू भएको छ । राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा स्थानीय पाठ्यक्रम चालु शैक्षिकसत्रबाट लागू भएको हो ।

राप्तीसोनारीमा चालु शैक्षिकसत्रको सुरुआतदेखि नै स्थानीय पाठ्यक्रम लागू भएको शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए । यसैगरी कोहलपुर नगरपालिकामा यस वर्षको साउनदेखि स्थानीय पाठ्यक्रम कार्यान्वयन सुरु भएको शिक्षा शाखाले जनाएको छ ।

केही संस्थागत विद्यालयमा शैक्षिकसत्र सुरु भइसकेपछि मात्रै पाठ्यक्रम लागू भएकाले कार्यान्वयन नभए पनि सामुदायिक विद्यालयमा सबैमा कार्यान्वयनमा रहेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा पनि स्थानीय पाठ्यक्रम निर्माण भई कार्यान्वयन सुरु हुन लागेको छ । पाठ्यक्रम छापिएर आइसकेको र यही शैक्षिकसत्रबाट पाठ्यक्रम सुरु गर्ने तयारी भइरहेको शिक्षा शाखाका अधिकृत लोकेन्द्र शाहले बताए ।

जिल्लाका खजुरा र नरैनापुर गाउँपालिकामा स्थानीय पाठ्यक्रम तयार भएर छाप्न मात्रै बाँकी रहेको छ भने जानकी गाउँपालिकामा पाठ्यक्रम बनेर कार्यपालिकाबाट पारित हुन बाँकी रहेको छ । बैजनाथ गाउँपालिकामा पाठ्यक्रम निर्माण कार्यदल गठन गरिएको छ ।

डुडुवा गाउँपालिकामा पनि पाठ्यक्रम निर्माण भएको तर कार्यान्वयनमा नगएको शिक्षा शाखाका प्रमुख सञ्जयकुमार कर्णले बताए । उनले भने, “गाउँपालिकाको गाउँसभा भर्खरै बसेको छ, बजेट पारित भएकाले अब सो पाठ्यक्रमलाई कार्यान्वयनमा लैजान काम अघि बढ्छ ।”

स्थानीय पाठ्यक्रममा विद्यालय, समुदायभित्र रहेका चाडपर्व, धर्म, संस्कार संस्कृति, प्राकृतिक स्रोतसाधन, भूगोल, भाषा, वेषभूषा, पेशालगायतसँग सम्बन्धित विषयवस्तु समेटिएका छन् ।

कक्षा ८ सम्म लागू हुनेगरी स्थानीय तहले पाठ्यक्रम स्थानीय बनाउन पाउँछन् । प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ (कक्षा १–३) तथा प्राथमिक शिक्षा पाठ्यक्रम २०६५ (कक्षा ४–५) ले प्राथमिक तहमा सय पूर्णाङ्कको स्थानीय विषय÷मातृभाषा र सामाजिक अध्ययन, शारीरिक शिक्षा तथा सिर्जनात्मक कला विषयमा २० प्रतिशत पाठ्यांश स्थानीयस्तरबाट निर्माणगरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।

आधारभूत शिक्षा पाठ्यक्रम २०६९ ले कक्षा ६–८ मा मातृभाषा÷स्थानीय विषय÷संस्कृत वा अन्य विषय सय पूर्णाङ्कको स्थानीयस्तरबाट निर्माण गरी पठनपाठन गर्नुपर्ने व्यवस्था रहेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले पनि कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ । उक्त प्रारूपले स्थानीय आधुनिक पेशा, व्यवसाय र प्रविधि एवं श्रमप्रति सम्मान तथा व्यवहार कुशल सीपको प्रयोग गर्न सक्ने सक्षमता विकासमा जोड दिनुपर्ने कुरा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १ : ३५ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले