२१ माघ २०८२, बुधबार | February 4, 2026

बालुवाटारमा प्रचण्ड र देउवाबीच निर्णायक भनिएको ‘वान टु वान’ संवाद



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक छलफल गर्न बालुवाटार पुगेका छन् ।

नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद रहेपछि गठबन्धन नै टुट्ने अवस्थामा प्रचण्ड र देउवाबीच वान टु वान संवाद भएको हो ।

प्रचण्डले नयाँ सरकारको पहिलो नेतृत्व आफुले गर्न पाउनुपर्ने शर्त राखेकाछन् । तर, देउवाले आफैले सरकारको नेतृत्व गर्ने बताइरहेकाछन् । गठबन्धनको बैठक बस्नुअघि देउवा र प्रचण्डबीच छलफल भएको हो ।

प्रचण्डसँग संवाद गर्नुअघि देउवाले कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । यस्तै, प्रचण्डले पनि पदाधिकारीमा रहेका नेताहरुसँग छलफल गरेका छन् ।

माओवादीले र।ष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसलाई छाड्न नसकिने निस्कर्ष निकालेको छ । कांग्रेस नेता विमलेन्द्र निधि देउवाको सन्देश लिएर आज बिहानै प्रचण्डसँग भेट गरेका थिए ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आजसाँझ ५ बजेबाट सकिँदैछ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ११ : १४ बजे

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास