२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

प्रचण्डको प्रतिक्षामा जसपा, रास्वपा र राप्रपा नेताहरु बालकोटमा



काठमाडौं । बालुवाटार बैठकबाट गठबन्धन टुटेको सन्देश दिएर निस्केका माओवादी अध्यक्ष खुमलटार हुँदै बालकोट आउनु अघि बालकोट स्थित ओली निवासमा जसपा, रास्वपा र राप्रपाका नेताहरु छलफलमा जुटेका छन्। सत्तागठबन्धन टुटेको सन्देश बाहिरिएसाँगै साना दलहरु एमालेसँग छलफलमा जुटेका हुन्।

बालकोट जाने हल्ला चलाएर खुमलटार पुगेका माओवादी अध्यक्ष प्रचण्ड नपुग्दै जसपाका अशोक राई, रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङदेन बालकोट पुगेका छन्। कांग्रेसले पहिलो कार्यकाल माओवादीलाई प्रधानमन्त्री दिन नचाहेपछि प्रचण्ड बालुवाटार बैठक छाडेर हिँडेका थिए।

प्रचण्ड नपुग्दै बालकोटमा जसपाबाट अशोक राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवी लामिछाने र राप्रपाका राजेन्द्र लिङदेन बालकोटमा पुगेका छन् । खुमलटारमा केही माओवादी नेतासंग सल्लाह गरेर प्रचण्ड बालकोट जाने तयारी भएको माओवादी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  २ : ०५ बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी