१२ असार २०८३, शुक्रबार | June 26, 2026

यसरी भत्कियो गठबन्धन



काठमाडौं । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन मन्जुर थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले बरु राष्ट्रपति छाड्ने तर प्रधानमन्त्री कुनै हालतमा नछाड्ने हठ लिए । आइतबार बिहानै सोही सन्देशसहित देउवाले नेता विमलेन्द्र निधिलाई दूत बनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पठाए ।

तर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डलाई नै बनाउन तयार थिए । सोही आशयसहित पौडेल र प्रचण्डबीच संवाद पनि चलिरहेकै थियो । प्रचण्ड राष्ट्रपतिसहित सभामुख पनि कांग्रेसलाई छाड्न तयार बनिसकेका थिए ।

शनिबार बालुवाटारमा भएको गठबन्धन बैठकमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्री कुनै हालतमा नछाड्ने भन्दै राष्ट्रपतिमा माधव नेपाललाई प्रस्ताव गरे । सहमतिको वातावरण त्यहीँबाट भाँडियो । प्रचण्ड देउवाप्रति सशंकित हुँदै रुष्ट बने ।

कांग्रेस नेता पौडेल भन्छन्, ‘राष्ट्रपति र सभामुख छाड्न प्रचण्ड तयार थिए, देउवा प्रधानमन्त्री छाड्न तयार भएनन्, उनले माधव नेपाललाई राष्ट्रपति बनाउने विषय ल्याए, अवस्था बिग्रियो ।’

आइतबार पनि गठबन्धनमा सहमतिका लागि प्रयास भए । निधिसँगको भेटपछि प्रचण्ड आफैं देउवालाई भेट्न बालुवाटार पुगे । तर, देउवा टसमस भएनन् । र प्रचण्ड बालुवाटारबाट निस्किएर बालकोट हानिए ।

प्रचण्डको बालकोट प्रवेशसँगै सत्ता गठबन्धन भत्कियो । र देशमा नयाँ राजनीतिक समीकरण बन्दै सात दल र तीन स्वतन्त्र सांसद गरी १ सय ६९ जनाको समर्थन प्राप्त गर्दै प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भए । कांग्रेस र नेकपा माओवादी केन्द्रले पहिलो चरणमा प्रधानमन्त्रीमा आआफ्नो दाबी नछाड्दा गठबन्धन भत्कियो । मुलुकमा बनेको नयाँ राजनीतिक समीकरणसँगै कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा पुगेको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : ४९ बजे

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो)

सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक साताको म्याद

काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी

स्वर्णिम वाग्ले रास्वपाको उपसभापतिमा निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा डा. स्वर्णिम वाग्ले

नेदरल्याण्ड्स समूह एफको विजेता, जापान उपविजेताका रूपमा नकआउट चरणमा

काठमाडौं । ट्युनिसियामाथि ३-१ को सहज जित निकाल्दै नेदरल्याण्ड्स विश्वकप

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,