२९ बैशाख २०८१, शनिबार | May 11, 2024

बुटवलका डीएसपी ठगबहादुर केसी सीआईबीको नियन्त्रणमा, निवासबाटै सुन र लाखौं रकम बरामद



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीको नियन्त्रणमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीले केसीलाई आइतबार र साँझ निवासबाटै नियन्त्रणमा लिएको हो ।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौं नगद फेला परेको प्रहरी प्रहरी स्रोतले दाबी गरेको छ ।

घटनाका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोका डिआइजी उत्तम सुबेदीले अनुसन्धान टोलीले कारवाही गरेको पुष्टि गरे । उनले बरामद भएका सामाग्रीको विवरण आइनसकेको भन्दै केन्द्रबाट पठाइएको टोलीले ईलाका प्रहरी कार्यालयका डीएसपी ठगबहादुर केसीमाथि अनुसन्धान थालिएको खबरकुरालाई बताए ।

प्रहरी स्रोतका अनुसार मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रबिन्द्र रेग्मीले घटनाको पुष्टी गर्दै ब्यूरोको टोलीसँग भेट भएपछि मात्र बरामद भएका सामानको विवरण दिन सकिने बताए । ‘केहीबेरमा ब्यूरो टोलीसँग भेट हुँदैछ, त्यसपछि नै सबैकुरा थाहा होला ।’ खबरकुरासँग कुरा गर्दै उनले भने ।

केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ । केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ११ : ४५ बजे

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

काठमाडौं । कवाड व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आफूहरुको व्यवसायमा

प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको पुरुषतर्फ सेनाका रावत विजयी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रथम ज्ञान कर्णाली हाफ म्याराथन

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा

काठमाडौं । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं । भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने