२३ भदौ २०८३, मंगलबार | September 9, 2026

डीएसपी ठगबहादुरलाई निलम्बन गर्न गृहमा सिफारिस



काठमाडौं । सुन व्यापारीसँग सुन पनि घुस पनि पचाउन खोजेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न प्रहरीले गृह मन्त्रालयलाई सिफरिस गरेको छ ।

केसीले ब्यापारीबाट बरामद गरेको ३५ तोला सुन र सुन फिर्ता दिने सर्तमा ब्यापारीबाट बुझेको घुस रकम पनि पचाउन खोजेको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गर्ने क्रममा उनको निवासबाट सुन र नगद तथा चेक बरामद भएको थियो ।

केसीको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक सहित सीआईबीले केसीलाई नियन्त्रणमा लिएको थियो ।

सीबीआईले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो । जिल्ला हुँदै निलम्बनका लागि आएको सिफारिसलाई लुम्बिनी प्रदेश प्रहरीले प्धान कार्यालय र प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी नलप्रसाद उपाध्यायले बताए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : २४ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी