११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

निलम्बनमा परे बुटवलका डीएसपी ठगबहादुर केसी



काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा सीआईबीको नियनत्रणमा रहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् ।

जिल्ला, प्रदेश हुँदै प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसको आधारमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको बताइएको छ । केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको तथा ब्यापारीले पैसा बुझाएपछि मनि सुन फिर्ता नगरेको सूचनाका आधारमा उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो ।

डीएसपी केसीको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

केसीलाई निलम्बनका लागि जिल्ला प्रहरी रुपन्देहीले प्रदेश प्रहरीलाई, लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो भने प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ४ : ३४ बजे

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा