१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

मानव कल्याण मित्र नेपालको अध्यक्षमा पुनः अर्याल



बुटवल । मानव कल्याण मित्र मञ्च नेपालले महिला, बालवालिका तथा शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ ।

सामाजिक क्षेत्रमा काम गर्दै आएको मित्र मञ्च नेपालले भातमा हराएका तथा अलपत्र परेका महिला र बालवालिकाको उद्वार गरी नेपाल ल्याएर आफन्तलाई बुझाउने गरेको हो ।

त्यस्तै नेपालमा गरिबीका कारण विद्यालय जान नसकेका वालवालिका र उपचार गराउन नसकेका मानिसलाई सहयोग गर्दै आएको छ । ३० वर्षदेखि बालबालिका, महिला तथा शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको मित्र मञ्च नेपालले अब नेपालमा सुशासन अभियान सञ्चालन गर्ने भएको छ ।

मित्र मञ्च नेपालले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देहीका स्थानीय तहहरुमा सुशासन कायम गर्नका लागि अभियान चलाउने बताएको छ ।

मित्र मञ्च नेपालका संरक्षक पुरुषोत्तम भट्टराईले देशमा राजनीतिक परिवर्तन भएपनि सुशासन कायम हुन नसकेकाले स्थानीय तहबाट सुशासन कायम गर्नका लागि शान्तिपूर्ण रुपमा दबाब दिन अभियान चलाउने बताए ।

मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले भारतमा हराएका वा अलपत्र परेका बालवालिका र महिला गरी २ हजार बढीको उद्वार गरिएको बताए । एक दर्जन बढी बालवालिकाहरु भारतबाट उद्वार गरी जनप्रतिनिधि र मिडियाको रोहबरमा आफन्तलाई बुझाइएको अध्यक्ष अर्यालले जानकारी गराए ।

मानवीय सेवामा सर्मपित मानव कल्याण मित्र मञ्चको चौथौ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा पुनःदुर्गाप्रसाद अर्याल अध्यक्षमा निर्वाचत भएका छन् ।

मञ्चको उपाध्यक्षमा देवी अर्याल भट्टराई, देवीप्रसाद गौतम, महासचिव झविलाल अधिकारी, सचिव कविता पन्थी, सहसचिव तिर्थराज पौडेल, कोषाध्यक्ष शालिकराम गौतम, सह कोषाध्यक्ष प्रकाश भट्टराई चयन एका छन् ।

त्यस्तै सदस्यहरुमा विवेक खरेल, सुरजप्रसाद ज्ञवाली, शेषकान्त खरेल, निर्मल बस्याल र भगवती तिवारी, घिमिरे छन । त्यस्तै पार्पती केसी संयोजक रहेको महिला समिति र टेकबहादुर थापा संयोजक रहेको सल्लहाकार समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका २ मा केन्द्रीय कार्यालय रहेको मञ्चले सामाजिक क्षेत्रमा काम गर्नका लागि १ करोडको अक्ष्यकोष स्थापनाका लागि ३० लाख संकलन गरिएको अध्यक्ष दुर्गाप्रसाद अर्यालले जानकारी गराए ।

मानव कल्याण मित्र मञ्च नेपालले सरकारबाट कुनैपनि आर्थिक सहयोग नलिने मञ्चका संरक्षक पुरुषोत्तम भट्टराई र अध्यक्ष दुर्गाप्रसाद अर्यालले प्रतिवद्वता जनाएका छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : १९ बजे

देशका विभिन्न भू-भागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । आज देशका विभिन्न भू-भागको मौसम सामान्यतया बदली रहने

चार दिनमा पचास हजार बढीले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । यहाँस्थित मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५०

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी

प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ : परराष्ट्र

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा

सीमाविद् र विज्ञहरूबाट प्रधानमन्त्रीको अभिव्यक्ति प्रति खेद प्रकट

काठमाडौँ । सीमाविद् र विज्ञहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा