२९ भदौ २०८३, सोमबार | September 14, 2026

गण्डकी प्रदेश प्रमुखद्वारा प्रदेशसभा अधिवेशन आह्वान



कास्की । गण्डकी प्रदेशसभाको अधिवेशन पुस १८ गते आह्वान गरिएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख गुरुङको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा ‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम प्रदेशसभाको अधिवेशन विसं २०७९ पुस १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेशसभा भवन नदीपुरमा आरम्भ हुनेगरी आह्वान गरेकाे व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

अधिवेशन अघि नवनिर्वाचित सांसदलाई सपथ खुवाउने तयारी छ । प्रदेश प्रमुख गुरुङले यही पुस १३ गते बुधबार गण्डकी प्रदेशसभा सदस्य मध्ये ज्येष्ठ सदस्य पर्वत जिल्ला निर्वाचन क्षेत्र नं १ को (१)बाट निर्वाचित मित्रलाल बस्याललाई सपथ खुवाउने तयारी गरिएको हो ।

प्रत्यक्ष निर्वाचित तथा समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेका सबैलाई सपथ खुवाइने पनि प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमालेका) २२, नेकपा (माओवादी केन्द्र)का आठ, राप्रपाका दुई र नेकपा (एकीकृत समाजवादी)का एक सांसद छन् ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : २८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ