१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

राष्ट्रसंघले तालिबानलाई भन्यो—’महिला लक्षित नीति तत्काल खारेज गर’



न्युयोर्क । तालिबानले अफगानिस्तानमा महिलालाई लक्षित गर्ने आफ्ना नीतिहरू तुरुन्तै खारेज गर्न  संयुक्त राष्ट्रसंघले माग गरेको छ । ‘सामाजिक र आर्थिक रूपमा आधा जनसंख्या बहिष्कृत छ भने कुनै पनि देशले विकास गर्न सक्दैन र वास्तवमा बाँच्न सक्दैन’, मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले एक विज्ञप्तिमार्फत भनेका छन् ।

उनले अगाडि भने, ‘महिला र केटीहरूमाथि लगाइएका यी अथाह प्रतिबन्धहरूले सबै अफगानिस्तानको पीडा मात्र बढाउनेछैन बरु अफगानिस्तानको सिमानाबाहिर पनि खतरा निम्त्याउने डर छ । ’

उनले नीतिहरूले अफगान समाजलाई अस्थिर बनाउने खतरा रहेको बताए।

शनिबार अफगानिस्तानका कट्टरपन्थी इस्लामवादी शासकहरूले महिलाहरूलाई गैर–सरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । यसअघि तालिबानले  महिलाहरूको लागि विश्वविद्यालय शिक्षा र केटीहरूको लागि माध्यमिक शिक्षा निलम्बन गरेको थियो ।

 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : ११ बजे

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने