२ भदौ २०८३, मंगलबार | August 18, 2026

आजको मौसम : प्रदेश-१ र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको नेपालको मौसमी प्रणालीमा आज हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । तराईका क्षेत्रमा शीतलहर रहको छ ।

प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आज बिहान आंशिक बदली रहेको छ । तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश-१ र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ । प्रदेश-१ को हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति प्रदेश-१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ । प्रदेश-१ र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश–१ र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेकाले सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ६ : ४६ बजे

जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा मुख्य न्यायाधीशसहित छ जना घाइते

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो)

कांग्रेसले निर्वाचन अधिकृतलाई प्रशिक्षण दिँदै, महाधिवेशनको पूर्व तयारी सुरू

काठमाडौं । नेपाली कांग्रेसले आज पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले गठन गर्‍यो चार सदस्यीय टोली

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौं । टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको