४ आश्विन २०८३, आइतबार | September 20, 2026

आजबाट बुटवलमा दर्ता नभएका ई-रिक्शा चल्न नदिइने, ओभरलोड बोक्ने भारतीय सवारी चल्न नपाउने



बुटवल । बुटवल उपमहानगर र ट्राफिक प्रहरीले आजबाट बुटवल उपमहानगरमा दर्ता नभएका ई रिक्शालाई उपमहानगर क्षेत्रमा चल्न नदिने भएका छन् । उपमहानगरको निर्णय कार्यान्वयन गर्न भन्दै हालै राजमार्ग सुरक्षा तथा दुर्घटना नियन्त्रण कार्यालयमा काज सरुवामा आएका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आजबाट दर्ता नभएका ई रिक्शा चल्न नदिने घोषणा गरेका हुन् ।

पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम राखेर एसपी अधिकारीले आफु दुर्घटना न्युनिकरणका लागि पत्रकारहरुसँगै हिँड्न चाहेको बताए । ई रिक्शा नगर भित्र दुर्घटनको मुख्य कारक भएको उल्लेख गर्दै उनले आफ्नो पहिलो काम नगरभित्र चल्ने ई रिक्शाको व्यवस्थापन भएको बताए ।

एसपी अधिकारीले सवारी चेकजाँचलाई तिब्र पारिने जानकारी दिँदै अवदेखि भारतबाट आउने ओभरलोड सवारीलाई पनि मापदण्ड विपरित सडकमा गुड्न नदिने बताए । सडकको क्षमता भन्दा बढीको सवारीमा आएको सामानको भन्सार नै नगर्ने गरि तयारी भइरहेको उनले बताए ।

बुटवल उपमहानगरले पटक पटक ई रिक्शा दर्ताको सूचना निकालेर दर्ता बेगरका ई रिक्शा चल्न नदिने सूचना जारी गरेपनि कार्यान्वयन गर्न सकेको थिएन । नयाँ एसपी आएसँगै उपमहानगरको निर्णय कार्यान्वयन हुन थालेको हो । सोही सन्दर्भमा आज उपमहानगरले पनि एक कार्यक्रम राख्दै दर्ता बेगरका ई रिक्शा नियन्त्रणको कार्यआरम्भ गरेको छ । उपमहानगर प्रमुख खेलराज पाण्डे र उप प्रमुख साबित्रा अर्यालले ट्राफिक प्रहरीलाई नो पार्किङको बोर्ड हस्तान्तरण गर्दै नगर व्यवस्थापनको थालनी गरेका हुन् ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १२ : ४७ बजे

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी

आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली

ब्राइटनसँग पराजित आर्सनलले गुमायो शीर्षस्थान

काठमाडौं । प्रिमियर लिगमा ब्राइटनसँग ३-० ले पराजित भएपछि आर्सनलले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको लगातार सातौँ जित

काठमाडौं । ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई