१३ भदौ २०८३, शनिबार | August 29, 2026

लुम्बिनी विश्वबिद्यालयको वोर्ड सदस्यमा एमाले नेता नारायण भुसाल नियुक्त



बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालय बोर्ड सदस्यमा बुटवल ११ का नारायणप्रसाद भुसाल नियुक्त भएका छन् । मुख्यमन्त्री कूलप्रसाद केसीले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भुसाललाई विश्वबिद्यालयको बोर्ड सदस्यमा नियुक्त गरेका हुन् ।

विश्वविद्यालयको कूलपतिको हैसियतले भुसाललाई बोर्डमा नियुक्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । विश्वबिद्यालयमा कुलपतिमा मुख्यमन्त्री र उपकूलपति शिक्षामन्त्री रहने व्यवस्था रहेको छ ।

लुम्बिनी प्रदेश सरकारका मुख्य ४ गौरवका आयोजनामा विश्वबिद्यालय संचालन गर्ने योजना प्रमुखताका साथ राखिएको छ । विश्वविद्यालय सञ्चालनका लागि मुख्यमन्त्री केसीले साउन १६ गते उपकूलपतिमा रुपन्देहीका विनोद ढकाल तथा २० गते रजिष्टारमा रोल्पाका रेग भण्डारीलाई नियुक्त गरी सकेका छन् । बाँकेको खजुरामा केन्द्रीय कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिएको छ भने विश्वबिद्यालय संचालनका लागि खजुरा गाँउपालिकाको वडा नम्बर ८ स्थित रनियापुर क्षेत्रमा १ सय बिगाहा जग्गा भोगाधिकारका लागि संघीय सरकारसँग माग गरिएको छ ।

निर्माण ब्यसायी समेत रहेका भुसाल सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : १६ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक