१ पुस २०८२, मंगलबार | December 16, 2025

२७ पुसभित्र सरकार बनाउन दाबी पेश गर्न लुम्बिनी प्रदेश प्रमुखको आह्वान



काठमाडौ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २७ पुससम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् । लुम्बिनी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुुईभन्दा बढीहरू मिलेर बहुमत पुर्याइ दाबी पेश गर्न उनले बिहीबार आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनामा भनिएको छ, ‘निर्वाचन परिणामबाट नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम लुम्बिनी प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २७ पुस ०७९ बुधबार अपरान्ह ४ :०० बजेभित्र प्रदेशसभाका बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गर्न आह्ववान् गर्नु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि विज्ञप्ति प्रकाशन गरिएको छ ।’

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ३ : ३५ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच