६ श्रावण २०८३, बुधबार | July 22, 2026

गुल्मीको लेकपोखरामा तीनदिने मेला लाग्ने



गुल्मी । गुल्मीको मालिका गाउँपालिकाको प्रसिद्धस्थल लेखपोखरामा माघेसंक्रान्ति मेला लाग्ने भएको छ । गुल्मीको मालिका गाउँपालिका वडा नं ५ छापहिलेस्थित लेकपोखरामा पुष २९, ३० र माघ १ गते गरी तीनदिन मेला लाग्ने भएको हो ।

लेकपोखरा मेला व्यवस्थापन समितिको आयोजना तीनदिनसम्म चल्ने मेलामा राष्ट्रिय कलाकार, संस्कृतिक कार्यक्रम, कृषि उत्पादन प्रदर्शनी तथा उत्कृष्ट कृषक सम्मान, पञ्चेबाजा प्रदर्शनी, भजन प्रस्तुती, खुला भलिबल प्रतियोगिता लगाएत कार्यक्रमहरु सञ्चालन हुने मेला आयोजक समितिका संयोजक चन्द्र बहादुर महताराले जानकारी दिए ।

यो क्षेत्रमा ऐतिहासिक लेकपोखरी, ऋषिकेश मन्दिर, मालिका मन्दिर, सिद्धको मन्दिर, उल्टे ओढार, घोडाको छाप तथा विभिन्न रमणीय स्थानहरु रहेका वडाअध्यक्ष रेखाकुमार जिसिले बताए । प्राकृतिक तथा धार्मिक दुवै दृष्टिकोणले यो क्षेत्र प्रसिद्ध रहेको जिसिको भनाई रहेको छ । लेकपोखरा क्षेत्रमा मालिका मन्दिर रहेको छ । यहाँ छापहिले, अर्जे तथा अमरपुर समेतबाट देवी मालिकाको पुजाआजा गर्न मानिसहरु आउने गरेका छन् ।

यो मन्दिरमा नागको ठुलो शक्ति रहेको जनविश्वास रहेको छ । मालिका मन्दिरको पुर्ननिर्माणको क्रममा धार्मिक तथा बौद्धिक व्यक्तिहरुसँग छलफल गरिएको थियो । सोही क्रममा वाचन सम्राट पण्डित भिमकान्त पन्थीले यस मन्दिरमा नागको समेत ठुलो शक्ति छ भनी बताएका साथै पूरानो मन्दिर भत्काउने क्रममा मन्दिरभित्र नै नाग भेटिएको अध्यक्ष जिसिले जानकारी दिए । “यो परिदृश्यले समेत यो मन्दिरको धार्मिक विश्वास र मान्यता अझ बढ्दै गएको छ ।” अध्यक्ष जिसिले भने,-“यो मन्दिर छेउबाट घोडाको छाप समेत देख्न सकिन्छ ।”

लेखपोखरामै अवस्थित तिखेचुलीको डाँडामा सिद्धको मन्दिर रहेको छ । यस मन्दिरमा भाकल गरी मागेको वर पूरा हुने जनविश्वास रहेको छ । नागपञ्चमी र ज्येष्ठ शुक्ल पञ्चमीका दिन यस मन्दिरमा पूजाआजा हुने गर्दछ । यस्तै सिद्धकापाती मन्दिरमा पनि सोही दिन पूजाआजा हुने गर्दछ । तीन दिनसम्म सञ्चालन हुने माघेसंक्रान्ति मेलामा राष्ट्रिय कलाकार बमबहादुर कार्की, शिला आले, विक्रम परियार लगायतका कलाकार समेत आउँदैछन् । संस्कृतिक कार्यक्रमसंगै कृषि उत्पादन प्रदर्शनी तथा उत्कृष्ट कृषक सम्मान, पञ्चेबाजा प्रदर्शनी, भजन प्रस्तुती, खुला भलिबल प्रतियोगिता लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ९ : १८ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज