१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

रणवीर र दीपिकाको सम्बन्ध संकटमा



मुम्बई । बलिउडमा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको जोडी फ्यान तथा फिल्मकर्मीमाझ रुचाइएको जोडीमा पर्दछन् । एक दशकदेखिको प्रेमलाई विवाहमा पूर्णता दिएका यो जोडीको पछिल्लो समय सम्बन्ध बिग्रँदै गएको चर्चा पनि नचलेको होइन । भलै उनीहरूले सार्वजनिक रुपमा सम्बन्धको बारेमा मुख नखोले पनि सामाजिक सञ्जालमा भने खण्डन गरिरहे ।

तर, अहिले भने पुनः उनीहरूको सम्बन्ध बिग्रँदै गएको खबर बाहिर आएको छ । सामाजिक सञ्जालमार्फत् आफ्नो सम्बन्ध सुमधुर रहेको दाबी गर्ने यो जोडीको सामाजिक सञ्जाल गतिविधि हेर्दा फ्यान र फिल्मकर्मीले यही अनुमान लगाएका छन् ।

दीपिका र रणवीरको डिभोर्सको हल्ला चलिरहँदा यो जोडी कैयौं सार्वजनिक कार्यक्रममा हात समातेर उपस्थित भएका थिए । क्यामराको अगाडि उनीहरूको पोज हेर्न लायक थियो । तर, अहिले भने उनीहरुको यो सबै गतिविधि केवल मिडियाबाजी मात्र रहेको आरोप उनीहरुका फ्यानले सामाजिक सञ्जालमार्फत नै लगाउन थालेका छन् । भित्री रुपमा सम्बन्ध बिग्रिए पनि सामाजिक सञ्जाल र मिडियामाझ राम्रो देखिनका लागि मात्र सम्बन्ध सुधारेको उनीहरुको बुझाइ छ ।

सामाजिक सञ्जालमा सक्रिय रहने यो जोडीले पछिल्लो समयमा कमै मात्र सँगै रहेको तस्बिर राख्ने गरेका छन् । दिवालीदेखि ठूला चाडपर्वमा अधिकांश जोडीले जोडी तस्वीर राखे पनि दीपिका र रणवीरले भने एकअर्काको तस्वीर राखेका छैनन् । आफ्नो वैवाहिक वार्षिकोत्सवमा पनि यो जोडीले सामाजिक सञ्जालमा तस्वीर राखेनन् । नयाँ वर्षमा पनि उनीहरुको तस्वीर देखिएन । कतिसम्म भने दीपिका पादुकोणको जन्मदिनमा समेत रणवीरले केही पोस्ट गरेनन् ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १२ : २२ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका