९ पुस २०८२, बुधबार | December 24, 2025

मन्जुश्री सहकारीमा नयाँ नेतृत्व



बुटवल । भैरहवामा केन्द्रीय कार्यालय सहित बुटवल, कपिलवस्तु जिल्लाको जितपुर र चन्द्रौटामा सेवा शाखा कार्यालय रहेको मन्जुश्री बहुउदेश्यीय सहकारी संस्था दोस्रो बार्षिक साधारणसभाबाट खिमराज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

नयाँ गठन भएको सञ्चालक समितिको उपाध्यक्षमा कल्पना अधिकारी सचिवमा भेषराज वस्ती र कोषाध्यक्षमा युवराज पन्थी चयन भएका छन् । यस्तै सदस्यहरुमा प्रीती शर्मा र मोह्मद रहिस मियाँ र मन्जु बस्याल चयन भएका छन् ।
यस्तै कृष्ण घिमिरेको संयोजकत्वमा गठन भएको लेखा समिति सदस्यमा यमलाल पाण्डे र रन्जना खड्का घिमिरे चयन भएका छन् ।

साधारण सभामा बोल्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका कानून सचिव राजेन्द्र थापाले सहकारीका विचमा सदस्यता शुद्धिकरण जरुरी रहेको बताए । उनले विभिन्न सहकारीको कारण अहिले सिंगो सहकारी नै बदनाम हुने अवस्था आएको भन्दै यो सहकारीले आर्थिक सुसासनको अधिकतम प्रयोग गर्ने अपेक्षा व्यक्त गरे ।

सहकारी सुरुवात गरेको पहिलो बर्षमा नै सहकारीले गरेको कार्य राम्रो रहे्को भन्दै उनले सहकारीको मुख्य विम्बको रुपमा रहेको साधारणसभाले विशेष छलफल तथा महत्वपुर्ण निर्णय गर्ने बताएका थिए ।

राष्ट्रिय सहकारी बैंक भैरहवाका शाखा प्रमुख आलोक सिवाकोटीले सहकारीले गर्ने आधारभूत सर्वमान्य सिद्धान्तलाई जहिले पनि पूर्णरुपमा पालन गर्नुपर्ने बताएका थिए । उनले सहकारीको सिद्दान्तको पूर्ण पालना गर्दै मुल्य र मान्यताको आत्मसाथ गर्दै जानुको विकल्प नभएको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बुटवलका केवी उप्रेती, सामाजिक महिला सगरमाथा सप्लायर्सका केशव भण्डारी, हिालय एभरेष्ट ईन्स्योरेन्सका कृष्ण घिमिरे, लुम्बिनी जव लिंकका सञ्चालक रामचन्द्र अर्याल, लगायतले आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा उत्कृष्ठ शेयर सदस्य, ऋणी तथा बचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ५ : ३६ बजे

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ । नेपाल-चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),

निर्वाचन ७१ दिन बाँकी : चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले