४ माघ २०८२, आइतबार | January 18, 2026

थारु नाच संरक्षणमा युवा



दाङ । तुलसीपुर-१२ रझेनीका श्याम चौधरी थारु समुदायले लगाउने कसौडी, भोटी, अगियामा सजिएर नाचमा सहभागी थिए । पच्चीस वर्षीय चौधरीसहितका युवा गाउँका हरेक कार्यक्रममा लुंगे नाच देखाउने तयारीमा छन् ।

माघीमा पनि युवाहरु नाच्ने उनीहरुको तयारी छ। ‘हामी युवाले नै अब थारु समुदायको संस्कार, संस्कृति संरक्षण गर्नुपर्छ’, उनले भने, ‘यो वर्षदेखि हामी आफैं सक्रिय भएका छौं ।’ योभन्दा पहिले सोही क्षेत्रमा युवाले थारु नाच पनि नाच्दैनथे । परम्परागत रुपमा गरिने हरेक संस्कार, संस्कृति बिर्सिदै गएको अवस्था भएपछि यसलाई जोगाउन आफूहरु सक्रिय भएको उनको भनाइ थियो ।

त्यस्तै सोही ठाउँकी अस्मिता चौधरी पनि थारुको पोसाकमा सजिएकी थिइन् । युवतीहरुले पनि आफ्नै समूह बनाएर नाच गर्न थालेका छन् । ‘पहिले बूढापाकाले मात्रै नाच्नु हुन्थ्यो’, उनले भनिन्, ‘अब हामी पनि यो नाचमा सक्रिय हुन थालेका छौं ।’

यो वर्षदेखि आफूहरु नाच संरक्षणमा लागेको उनको भनाइ थियो । थारु समुदाय संस्कार र संस्कृतिमा धनी भए पनि त्यसलाई जोगाउन नसक्दा लोप हुँदै जान थालेको भन्दै यसलाई संरक्षण गर्न आवश्यक रहेको बताए ।

उनीहरु उदाहरण मात्रै हो । पछिल्लो समय युवाहरु थारु संस्कार, संस्कृति संरक्षणमा सक्रिय देखिएका छन् । जिल्लाका सबै स्थानीय तहले माघीको अवसरमा विशेष कार्यक्रम गर्दै आएका छन् ।

दाङ थारु समुदायको बाहुल्यता भएको जिल्ला हो । सबैजसो पालिका तथा वडामा माघी विशेष कार्यक्रम भइरहेको तुलसीपुर-१२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए । ‘हामीले पनि माघी विशेष कार्यक्रम गर्‍यौं’, उनले भने, ‘सबैजसो पालिका र वडाले कार्यक्रम गर्नुहुन्छ, यसले पनि युवा थारु संस्कार, संस्कृति संरक्षणमा लाग्ने गर्नुभएको छ ।’ तुलसीपुरमा मात्रै एक सय २७ थारु समुदायका गाउँ छन् ।

थारु समुदायले झुम्रा, सखिया, लठ्ठहवा, मुङ्गहवा, हुर्दवा, मघौटा, बर्कालगायतका नाच नाच्ने गर्छन्। माघी नजिकिँदै गर्दै गाउँ-गाउँमा माघी विशेष कार्यक्रम भइरहेका छन् । माघीको रौनक बढिरहेको छ । आफ्नो वेशभूषामा थारु समुदाय सचिरहेका हुन्छन् । थारु समुदायका परिकार पनि पाकिरहेका छन् ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : १४ बजे

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान । धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात बुझाउन आवश्यक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

धरानका मेयर साम्पाङले दिए राजीनामा

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले पदबाट औपचारिक रूपमा

क्याननमा ‘फुड क्यानिभल’

बुटवल । बुटवल ८ सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार ‘फुड

स्थानीय दबाबपछि एमालेको निर्णय फेरबदल, विष्णु पौडेल रुपन्देही-२ बाटै चुनाव लड्ने

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-२