७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रदेशको औचित्य सावित गर्ने अधिकतम कोशिस गर्छौं : मुख्यमन्त्री अधिकारी



गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको औचित्य स्थापित गर्न अधिकतम कोशिस गर्ने बताएका छन ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट आज मुख्यमन्त्री नियुक्त भएपश्चात् पत्रकारसँग कुरा गर्दै उनले स्थानीय तह र केन्द्रसँग समन्वय, सहकार्य गर्दै अघि बढ्ने बताए ।

“समृद्ध गण्डकी, समुन्नत गण्डकी र सुखी गण्डकीका जनता बनाउने कोशिसमा रहनेछौँ”, उनले भने । यो जिम्मेवारी असाधारण रहेको र परिस्थितिलाई सामान्य बनाउने भन्दै उनले राजनीतिक दलबीच सहमति, सहकार्य गर्दै अघि बढ्ने बताए । मुख्यमन्त्री अधिकारीले मन्त्रिमण्डल सानो हुने सङ्केत गरे ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । प्रदेश प्रमुखले गत पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेकोमा अधिकारीले ३३ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा ९एमाले०का २२, नेकपा ९माओवादी केन्द्र०का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे०को उनलाई समर्थन छ । चुनावपछि एकीकृत समाजवादीमा प्रवेश गरे पनि राजीव गुरुङले स्वतन्त्र सांसदकैरुपमा अधिकारीलाई समर्थन गरेका हुन ।

एमाले स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुखसमेत रहेका अधिकारीले कास्की निर्वाचन क्षेत्र १९१० बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । मुख्यमन्त्री अधिकारीलाई आजै प्रदेश प्रमुख गुरुङले शपथ ग्रहण गराउने कार्यक्रम छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ४ : २३ बजे

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

इटाली । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने

निजी विद्यालयलाई महानगरको निर्देशन – एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम