१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा शुभकामना



भैरहवा । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले होटल व्यवसायी महासंघ, नेपालका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

पुस १९ र २० गते चितवनको भरतपुरमा सम्पन्न महासंघको १० औं वार्षिक साधारणसभा तथा चौथो महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आइतबार भैरहवामा कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिइएको संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले बताए । रुपन्देहीबाट प्रतिनिधित्व गर्दै निर्वाचित महासंघका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको न्यौपानेले जानकारी दिए ।

संगठनले महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित मोदनाथ बेलबासे, उपमहासचिवमा निर्वाचित राजेश महोत्रा, सचिवमा निर्वाचित नारायण बहादुर सेन, केन्द्रीय सदस्यमा राम प्रसाद पोखरेल, लाल बहादुर के.सी. र खिमराज पौडेललाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष अनिल कुमार ज्ञवालीले होटल व्यवसायका समस्याहरु समाधान गर्नेतर्फ महासंघ अग्रसर हुनुपर्ने बताए । उनले कतिपय होटल व्यवसायी विस्थापित भएकाले पुनः व्यवसायमा फर्काउने वातावरण बनाउनुपर्ने बताए । उनले भने, ‘बढ्दो बैंक ब्याजदर, सरकारी नीति, घर भाडा लगायतका समस्याले व्यवसाय सञ्चालन गर्न निकै चुनौती छ ।’ अध्यक्ष ज्ञवालीले होटल व्यवसायी महासंघसँग सहकार्य गर्न संगठन तयार रहेको बताए । उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडान ठप्प रहेकाले उडान सुरु गराउनका लागि आवाज उठाउनुपर्नेमा जोड दिए ।

होटल तथा रेष्टुरेष्ट व्यवसायी महासंघका नवनिर्वाचित उपाध्यक्ष मोदनाथ बेलबासेले महासंघलाई यहाँसम्म लैजान हिराध्वज शाहको महत्वपूर्ण योगदान रहेको बताए । उनले एकताबद्ध भएर अगाडि बढे मागहरु पूरा गराउन सहज हुने बताए । उनले भने, ‘धेरै व्यवसाय धरासायी भएका छन्, केही हुन्छ भनेर संघर्ष गरिरहेका छौं । ’

महासंघका उपमहासचिव तथा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका महासचिव राजेश महोत्राले राम्रो योजना बनाएर अघि बढ्ने बताए । उनले होटल व्यवसायमा देखिएको समस्या समाधान गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले आर्थिक चलायमान आवश्यक रहेको बताए । उनले भने, ‘यहाँहरुले विषम परिस्थितिमा जिम्मेवारी सम्हाल्नुभएको छ, यहाँहरुसँग सहकार्य गर्दै अघि बढ्छौं ।’

उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघमा रुपन्देहीको बलियो उपस्थिति भएको बताए । उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले सञ्चालन गर्न संयुक्त रुपमा आवाज उठाउनुपर्ने बताए । उनले पर्यटन प्रवद्र्धनका लागि सामूहिक रुपमा अघि बढ्नुपर्ने बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश प्रसाद बेल्बासे, मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवाली लगायतले बोल्दै कोभिडका कारण पर्यटन क्षेत्र धरासायी भएको बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेको अध्यक्षता, निवर्तमान अध्यक्ष गणेश प्रसाद बेल्बासेको स्वागत तथा सचिव बाल बहादुर घिमिरे (सुनिल)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ६ : ५२ बजे

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रहरी अग्रसरता

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

काठमाडौँ । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको

देशका विभिन्न भू-भागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । आज देशका विभिन्न भू-भागको मौसम सामान्यतया बदली रहने

चार दिनमा पचास हजार बढीले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । यहाँस्थित मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५०