बुटवल । लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालयहरुलाई घटाउँदै ११ मनत्रालय बनाउने तयारी थालिएको छ । सरकार गठनका लागि दाबी पेश गर्न बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको संख्या घटाउने सम्बन्धमा सैद्धान्तिक सहमति भएको हो ।
सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाएको एमाले र सत्तारुढ दलहरुबीच मन्त्रालयलाई ११ वटा बनाउने अनौपचारिक सहमति भएको बैठकमा सहभागी एक सांसदले बताए । ती सांसदका अनुसार यसअघि १३ मन्त्री र ४ राज्य मन्त्रीसहित १७ मन्त्री रहेको लुम्बिनीमा त्यसलाई घटाएर ११ वटा बनाइने भएको हो । एमाले संसदीयदलका नेता लिला गिरीले ९ वटा मन्त्रालय बनाउने प्रस्ताव गरेपनि सबैदलहरुलाई भाग पु¥याउनु पर्ने भएकाले ११ वटामा सहमति भएको स्रोतको दाबी छ ।
मुख्यमन्त्री नियुक्तिका लागि दाबी प्रस्तुत गर्ने निर्णयका लागि बसेको बैठकमा एमालेले मुख्यमन्त्रीसहित ३, माओवादीले २ र राप्रपा, नागरिक उन्मुक्ति, जसपालाई एक एक मन्त्रालय दिने प्रस्ताव गरिएपनि माओवादीलाई सभामुख,राप्रपालाई उपसभामुख दिने केन्द्रीय सहमति भइसकेको भन्दै नागरिक उन्मुक्तिले २ मन्त्रालय दाबी गरेपछि ११ वटा सम्म मन्त्रालय बनाउने सैद्धान्तिक सहमति भएको बताइएको छ ।



















प्रतिक्रिया