७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

हराउन थाल्यो थारू समुदायको झुमडा नाच



कपिलवस्तु । युवा पुस्ताले झुमडा नाचको महत्व बिर्सिँदै गएकामा यहाँका थारू अगुवाले चिन्ता व्यक्त गर्न थालेका छन् । झुमडा थारू समुदायको पुरानो नाच हो । सो समुदायको जातीय पहिचान स्थापित गर्न यो नाचको निकै महत्वपूर्ण भूमिका छ ।

दिनभर खेतीमा काम गरेको थकाइ मेटाउन पुर्खाहरूले झुमडा नाच्ने गरेको वाणगङ्गा-५ कोपवाका संस्कृतिकर्मी तथा थारू कल्याणकारिणी सभा कपिलवस्तुका सल्लाहकार महादेव थारू बताउछन । कामको थकाइलाई झुमडा नाचले बिर्साइदिने उनको अनुभव छ ।

तराई मधेसका आदिवासीका रूपमा चिनिने थारू समुदायमा पछिल्लो समय आधुनिकताको प्रभाव बढ्दो छ । पुराना संस्कृति लोप हुन थालेका छन् । यो समुदायमा चलनचल्तीमा रहेका संस्कृतिलाई आजभोलि मेला, महोत्सव आयोजना गरी नयाँ पिँढीलाई चिनाउनुपर्ने अवस्था आएको छ ।

समाजमा रहेका विकृति, विसङ्गतिलाई झुमडा गीत र नाचको माध्यमबाट हटाइने गरेको उनको भनाइ छ । “अहिलेका पिँढीले झुमडा नाचको महत्व बुझ्न नसक्दा संस्कृति लोप हुने खतरा छ”, उनले भन्छन, ‘अब थारू संस्कृतिहरू इतिहास बन्न बेर छैन ।” विशेषगरी यो नाच दसहरा (दशैँ)देखि माघीसम्म नाच्ने गरिएको थारू अगुवाको भनाइ छ ।

बढीमा १५ महिला र पुरुष मिलेर झुमडा नाच नाचिने थारू अगुवा बताउँछन् । यो नाचमा गाइने गीत पनि मौलिक हुन्छ । एकल र समूह मिलेर झुमडा गाउने गरिन्छ । गीतमा मौलिक बाजा मनहरा (मादलजस्तै) बजाइन्छ । झुमडा नाचमा थारू समुदायमा चलनचल्तीमा रहेका वेषभूषाको प्रयोग गरिन्छ । पुरुषले धोती, फेटा, आसकट, बहकट्टी लगाउँछन् भने महिलाले लेहना, लेहङ्गा, अङ्गिया, फरिया लगाउने गर्दछन् ।

झुमडा नाच नाच्न युवा पिँढी लजाउने गरेका कोपवाका थारू अगुवा शिवप्रसाद थारूले बताए । मौलिक नाच भएकाले नृत्य, गायन र वेषभूषा पुरानै खालको हुन्छ तर अहिलेको पिँढीले नाच्न, गाउन र वेषभूषा लगाउन लाज मान्ने गरेको उनको भनाइ छ । वेषभूषामा पनि आधुनिकता छायो, उनले थपे, “नयाँ पिँढीले त्यसको सिको गर्न खोज्दैनन् ।” झुमडा नाचमा ३५ थरिका ताल हुने उनले बताए । तर सबै ताल हराउँदै जान थालेका छन् । अहिले दुई तालको प्रयोग गरी नाच्ने गरिएको उनले जनाए ।

पुराना पुस्ताका थारू अगुवाले कतिपय ठाउँमा झुमडा नाचको संरक्षण गर्ने अभियान नै चलाएका छन् । कपिलवस्तुको शिवपुर, बरकुलपुर, चम्पापुर, दुवियाँ, हथौसा, पटना, कोपवालगायतका स्थानमा थारू समुदायको बाहुल्य क्षेत्र हो । पछिल्ला केही वर्षदेखि माघे सङ्क्रान्तिको अवसर पारेर माघी महोत्सव मनाउने गरिएको छ । थारू भाषा, कला, संस्कृति बचाउने उद्देश्यले आयोजना गरिएको माघी खिचडी महोत्सवमा थारू समुदायका ऐतिहासिक कला, संस्कृति देख्न सकिन्छ ।

थारू समुदायले आयोजना गर्ने मेला, महोत्सवमा अन्य समुदायले पनि निकै चाखपूर्वक अवलोकन गर्ने गरेको थारू कल्याणकारिणीसभा कपिलवस्तुका पूर्वअध्यक्ष जञ्जीरप्रसाद थारूले बताए । थारू समुदायका कला, संस्कृति पछिल्लो समय हराउँदै जान थालेको अब सबै मिलेर संरक्षण गर्नुपर्नेमा उनको तर्क छ ।

जिल्लाका विभिन्न स्थानमा आयोजना गरिने माघी खिचडी महोत्सवमा थारू समुदायका पुराना नाच देख्न सकिन्छ । थारू समुदायको झर्रा, लाठी, मयूर, सजनी, विरहनीजस्ता नाच महत्वपूर्ण छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : ५१ बजे

बुटवलमा बसन्त गौचन फुटबल एकेडेमीको तेस्रो शाखा सञ्चालनमा

बुटवल । कुनै समय नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी

बुटवलमा अत्याधुनिक अस्पतालजन्य फोहर प्रशोधन केन्द्र सञ्चालन (भिडियोसहित)

बुटवल । बुटवल उपमहानगरपालिकाले अस्पतालजन्य फोहरको वैज्ञानिक व्यवस्थापनका लागि अत्याधुनिक

पूर्व अर्थमन्त्रीहरूको सुझाव : ‘महत्त्वाकांक्षी होइन, कार्यान्वयनमुखी बजेट ल्याउनुस्’

आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा पुगेका अर्थमन्त्री डा.

प्रधानमन्त्रीलाई भेटेपछि विपक्षी विरुद्ध सभामुख आक्रमक, अवरोधकै बीच बैठक अघि बढाए

काठमाडौं । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका

जब फेवातालमा डुङ्गा पल्टियो…

पोखरा । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए