३ भदौ २०८३, बुधबार | August 19, 2026

प्रतिपक्षमा रहने गरी प्रचण्डलाई विश्वास मत दिने कांग्रेस निर्णय, गगन-विश्वप्रकाश असहमत



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । तर, विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान बसेको पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका थिए । तर, पदाधिकारीहरूले आपत्ति जनाएपछि सर्वसम्मत निर्णय हुन सकेन । संसद् भवनमै बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

तर, बैठकमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, बलबहादुर केसीले फरक मत राखेका थिए । कार्यसम्पादन समितिको बैठकपछि अहिले संसदीय दलको बैठक बसेको छ ।

आगामी राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचनलाई ध्यानमा राख्दै कांग्रेसले यस्तो निर्णय लिएको हुन सक्ने एक केन्द्रीय सदस्यले बताए ।

 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १ : ०० बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने