१३ माघ २०८२, मंगलबार | January 28, 2026

लुम्बिनी प्रदेशमा ५८ सांसदको समर्थन सहित एमाले संसदीयदलका नेता लिला गिरी प्रदेश प्रमुख कार्यालयमा



बुटवल । लुम्बिनी प्रदेशसभामा एकाले संसदीयदलका नेता लिला गिरि मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी प्रस्तुत गर्न लुम्बिनी प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

सत्ता साझेदार दलका नेताहरु सहित ५८ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित नेता गिरी मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख कार्यालय पुगेका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले दिएको समय सिमा सकिन ४ घण्टा बाँकी रहँदा गिरी दलबल सहित प्रदेश प्रमुख कार्यालय पुगेका छन् । गिरीलाई लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३-३ जना, नागरिक उन्मुक्तिसंग ४ तथा लोसपाको ३ सिट र स्वतन्त्र २ जना सांसदको समर्थन रहेको दाबी गरिएको छ ।

लुम्बिनी प्रदेशमा प्रदेशमा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ सदस्य छन् । ८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।

५ वर्षकै लागि एमालेले मुख्यमन्त्री चलाउने शिर्श नेताहरुले गरेको सहमति प्रति असन्तुष्टी जनाउँदै माओवादी संसदीयदलका नेता जोखबहादुर महरा एक्कासी काठमाडौ पुगेपछि मंगरबार ४ बजेका लागि राखिएको दाबी प्रस्तुत गर्ने कार्यक्रम रोकिएको थियो । प्रधानमन्त्री प्रचण्डले आधा कार्यकाल मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि महरा मंगरबार राती बुटवल फर्केको माओवादी स्रोतले दाबी गरेको छ । एमाले अध्यक्ष केपी ओली र प्रचण्डकाबीच भने आधा कार्यकालको सहमति भइनसकेको बताइएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १२ : ५६ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य