१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लुम्बिनी प्रदेशमा ५८ सांसदको समर्थन सहित एमाले संसदीयदलका नेता लिला गिरी प्रदेश प्रमुख कार्यालयमा



बुटवल । लुम्बिनी प्रदेशसभामा एकाले संसदीयदलका नेता लिला गिरि मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी प्रस्तुत गर्न लुम्बिनी प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

सत्ता साझेदार दलका नेताहरु सहित ५८ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित नेता गिरी मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख कार्यालय पुगेका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले दिएको समय सिमा सकिन ४ घण्टा बाँकी रहँदा गिरी दलबल सहित प्रदेश प्रमुख कार्यालय पुगेका छन् । गिरीलाई लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३-३ जना, नागरिक उन्मुक्तिसंग ४ तथा लोसपाको ३ सिट र स्वतन्त्र २ जना सांसदको समर्थन रहेको दाबी गरिएको छ ।

लुम्बिनी प्रदेशमा प्रदेशमा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ सदस्य छन् । ८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।

५ वर्षकै लागि एमालेले मुख्यमन्त्री चलाउने शिर्श नेताहरुले गरेको सहमति प्रति असन्तुष्टी जनाउँदै माओवादी संसदीयदलका नेता जोखबहादुर महरा एक्कासी काठमाडौ पुगेपछि मंगरबार ४ बजेका लागि राखिएको दाबी प्रस्तुत गर्ने कार्यक्रम रोकिएको थियो । प्रधानमन्त्री प्रचण्डले आधा कार्यकाल मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि महरा मंगरबार राती बुटवल फर्केको माओवादी स्रोतले दाबी गरेको छ । एमाले अध्यक्ष केपी ओली र प्रचण्डकाबीच भने आधा कार्यकालको सहमति भइनसकेको बताइएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १२ : ५६ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू