१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

आधा कार्यकालको सम्बन्धमा आफ्नो पार्टीबाट कुनै जानकारी छैन : मुख्यमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीयदलका नेता लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपालको संबिधानको धारा १६८ (२) बमोजिम गिरीलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ । कुनै एक दलको बहुमत नपुगेको लुम्बिनी प्रदेशसभामा दुई वा दुई भन्दा बढी दलका सभासदहरुको समर्थनमा गिरी मुख्यमन्त्री बनेका हुन् ।

गिरीलाई एमाले सहित ५८ प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ । सत्ता साभेदार दलको प्रदेश स्तरिय नेता सहित गिरी मध्यान्ह १२ बजे प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्न पुगेका थिए । प्रदेश प्रमुखबा आज ४ बजे भित्र दाबी पेश गर्न भनिएको थियो ।

नव नियुक्त मुख्यमन्त्रीको सपथ ग्रहण बिहिबार प्रदेशसभा भवन अगाडि देउखुरी उपत्यकामा हुने बताइएको छ ।

मुख्यमन्त्री पदमा नियुक्त भए लगत्तै पत्रकारहरुसँग कुरा गर्दै गिरीले समृद्ध प्रदेश खुसी जनताको नारालाई पुनः कार्यान्वयनमा ल्याउने बताएका छन् । उनले नागरिकको जीवनस्तरलाई राजनीतिक परिवर्तनबाट सम्बोधन हुनु पर्ने बताउँदै त्यसै तर्फ सरकारको ध्यान केन्द्रीत हुने बताए ।

पत्रकारहरुको प्रश्नमा आधा कार्यकालको सम्बन्धमा आफ्नो पार्टीबाट कुनै जानकारी नआएको उनले बताए । उनले पार्टीहरुको केन्द्रको निर्णयलाई मानेर जाने धारणा राखे । उनले मन्त्रिपण्डलको आकार सकेसम्म सानो बनाउने पनि बताए ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ३ : ०८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग