२ श्रावण २०८३, शनिबार | July 18, 2026

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

आधा कार्यकालको सम्बन्धमा आफ्नो पार्टीबाट कुनै जानकारी छैन : मुख्यमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीयदलका नेता लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपालको संबिधानको धारा १६८ (२) बमोजिम गिरीलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ । कुनै एक दलको बहुमत नपुगेको लुम्बिनी प्रदेशसभामा दुई वा दुई भन्दा बढी दलका सभासदहरुको समर्थनमा गिरी मुख्यमन्त्री बनेका हुन् ।

गिरीलाई एमाले सहित ५८ प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ । सत्ता साभेदार दलको प्रदेश स्तरिय नेता सहित गिरी मध्यान्ह १२ बजे प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्न पुगेका थिए । प्रदेश प्रमुखबा आज ४ बजे भित्र दाबी पेश गर्न भनिएको थियो ।

नव नियुक्त मुख्यमन्त्रीको सपथ ग्रहण बिहिबार प्रदेशसभा भवन अगाडि देउखुरी उपत्यकामा हुने बताइएको छ ।

मुख्यमन्त्री पदमा नियुक्त भए लगत्तै पत्रकारहरुसँग कुरा गर्दै गिरीले समृद्ध प्रदेश खुसी जनताको नारालाई पुनः कार्यान्वयनमा ल्याउने बताएका छन् । उनले नागरिकको जीवनस्तरलाई राजनीतिक परिवर्तनबाट सम्बोधन हुनु पर्ने बताउँदै त्यसै तर्फ सरकारको ध्यान केन्द्रीत हुने बताए ।

पत्रकारहरुको प्रश्नमा आधा कार्यकालको सम्बन्धमा आफ्नो पार्टीबाट कुनै जानकारी नआएको उनले बताए । उनले पार्टीहरुको केन्द्रको निर्णयलाई मानेर जाने धारणा राखे । उनले मन्त्रिपण्डलको आकार सकेसम्म सानो बनाउने पनि बताए ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ३ : ०८ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल