१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बाँकेमा दादुरा संक्रमितको संख्या ११५ पुग्यो, १ जनाको मृत्यु, २ जना गम्भीर



नेपालगन्ज । बाँकेको नेपालगन्ज र यस आसपासमा फैलिएको दादुरा महामारीबाट संक्रमित हुनेको संख्या ११५ जना पुगेको छ । यही पुस १२ गतेदेखि फैलिएको दादुरा माहामारीबाट संक्रमित हुने बालबालिकाको संख्या ११५ पुगेको छ भने माहामारीबाट एक जनाको ज्यान गएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर–१, ३, ५, ७, ८, ९, १०, ११, १४, १५, १६ र २२ मा गरी १२ वटा वडाका ११३ जनामा संक्रमण देखिएको हो । बाँकेको खजुरा २ को गुराँसपुरमा २ जनामा संक्रमण देखिएको छ । आज मात्रै थप ५ जना दादुरा प्रभावित बालबालिका भेटिएका हुन् ।

उपमहानगरको स्वास्थ्य महाशाखाका अनुसार संक्रमित मध्ये दुई बालबालिकाको अवस्था गम्भीर छ । वडा नम्बर ५ का उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

हाल सम्म ५८ जना संक्रमितलाई होम आइसोलेसनमा राखिएको र ५२ जना निको भइसकेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेशबाबु श्रेष्ठले बताए ।

दादुरा विरुद्धको खोप अभियान शुरु गरेको आज छैठौ दिनसम्म नेपालगञ्जका ७१६३ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन समेत रहेका श्रेष्ठले बताए । ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ९ : ०९ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु