२४ बैशाख २०८१, सोमबार | May 7, 2024

बागमतीको सभामुखमा कांग्रेसका शिवराज अधिकारी प्रतिस्पर्धामा



काठमाडौं। नेपाली कांग्रेसले बागमती प्रदेश सभाको सभामुखका लागि धादिङका शिवराज अधिकारीलाई उम्मेदवार बनाउनेभएको छ ।

धादिङ क्षेत्र नं २ (१) बाट समानुपातिकमा निर्वाचित अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको हो ।

सत्ता गठबन्धनको तर्फबाट भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भुवन पाठक उम्मेदवार बन्दैछन् ।

भोलि शुक्रबार हुने निर्वाचनमा अब अधिकारी र पाठकबीच प्रतिस्पर्धा हुने भएको छ । तर, केन्द्रमा सत्ता साझेदार दलहरुको सहमतिअनुसार प्रदेशमा पनि भागवण्डा भएकाकारण पाठक नै विजयी बन्नसक्ने देखिएको छ । उनीहरुसँग ७० जना सांसद रहेका छन् । नेपाली कांग्रेसका ३७ जना सांसद रहेका छन् । कुनै गठबन्धनमा नरहेको नेपाल मजदुर किसान पार्टीका ३ जना सांसद रहेका छन् ।

सभामुख निर्वाचनका लागि आज बिहान १०३० बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका रहेको छ । दिउँसो २३०देखि ३३०सम्म मनोनयन फिर्ताको समय तोकिएको छ । यस्तै, अपरान्ह ४ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

 

 

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ९ : २६ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,