१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लुम्बिनी प्रदेशमा बिना बिभागीय २ मन्त्री सहित मुख्यमन्त्रीको सपथ ग्रहण हुँदै



बुटवल । मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले २ जना विना बिभागीय मन्त्री सहित सपथ लिने भएका छन् । मुख्यमन्त्री गिरीको आफ्नै एमाले र सत्ता साझेदार माओवादीसँग मन्त्रालयको भागवण्डामा सहमति हुन नसकेपछि २ जना बिना बिभागीय मन्त्री सहित मुख्यमन्त्रीको सपथ हुने भएको हो ।

शक्ति बाँडफाँटमा माओवादीले अर्थ र सहरी विकास मन्त्रालयमा अडान कायम राखेको बताइएको छ । ती मन्त्रालय दिन एमाले तयार नभएपछि सपथ अघि माओवादी संसदीयदलका नेता जोख बहादुर महराले मन्त्री बन्न अस्विकार गरेको माओवादी स्रोतले जनाएको छ । बिनाबिभागिय मन्त्री बन्न महराजीले अस्विकार गर्नु भयो । बैठकमा सहभागी एक माओवादी नेताले बताए ।

भनेको मन्त्रालय नपाए सपथ कार्यक्रम बहिस्कार गर्ने अडानमा महरा र माओवादी नेता इन्द्रजित चौधरी कायम रहेपछि नेताहरुले बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसी नमुनालाई मनाएर सपथ कार्यक्रममा पठाउने भएका छन् । मुख्यमन्त्री गिरीले पहिलो चरणमा एमालेबाट चेतनारायण आचार्य र कृष्णा केसीलाई मन्त्री नियुक्त गर्दै सपथ ग्रहण गर्ने भएका छन् ।

एमाले भित्र पनि प्रदेशसभा सदस्य भुमिश्वर ढकालले सहरी विकास मन्त्रालय नछाड्ने अडान लिएपछि विवाद भएको एमाले स्रोतको दाबी छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  २ : २० बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष