२३ भदौ २०८३, मंगलबार | September 8, 2026

लुम्बिनी प्रदेशमा बिना बिभागीय २ मन्त्री सहित मुख्यमन्त्रीको सपथ ग्रहण हुँदै



बुटवल । मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले २ जना विना बिभागीय मन्त्री सहित सपथ लिने भएका छन् । मुख्यमन्त्री गिरीको आफ्नै एमाले र सत्ता साझेदार माओवादीसँग मन्त्रालयको भागवण्डामा सहमति हुन नसकेपछि २ जना बिना बिभागीय मन्त्री सहित मुख्यमन्त्रीको सपथ हुने भएको हो ।

शक्ति बाँडफाँटमा माओवादीले अर्थ र सहरी विकास मन्त्रालयमा अडान कायम राखेको बताइएको छ । ती मन्त्रालय दिन एमाले तयार नभएपछि सपथ अघि माओवादी संसदीयदलका नेता जोख बहादुर महराले मन्त्री बन्न अस्विकार गरेको माओवादी स्रोतले जनाएको छ । बिनाबिभागिय मन्त्री बन्न महराजीले अस्विकार गर्नु भयो । बैठकमा सहभागी एक माओवादी नेताले बताए ।

भनेको मन्त्रालय नपाए सपथ कार्यक्रम बहिस्कार गर्ने अडानमा महरा र माओवादी नेता इन्द्रजित चौधरी कायम रहेपछि नेताहरुले बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसी नमुनालाई मनाएर सपथ कार्यक्रममा पठाउने भएका छन् । मुख्यमन्त्री गिरीले पहिलो चरणमा एमालेबाट चेतनारायण आचार्य र कृष्णा केसीलाई मन्त्री नियुक्त गर्दै सपथ ग्रहण गर्ने भएका छन् ।

एमाले भित्र पनि प्रदेशसभा सदस्य भुमिश्वर ढकालले सहरी विकास मन्त्रालय नछाड्ने अडान लिएपछि विवाद भएको एमाले स्रोतको दाबी छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  २ : २० बजे

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज