६ श्रावण २०८३, बुधबार | July 22, 2026

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै



पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्ती खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज १ बजे विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिन उनले संसद सचिवालयलाई जानकारी गराइसकेका छन् । अधिकारी एमालेको २२, माओवादीको ८, राप्रपाको २ र स्वतन्त्र १ सहित ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले भने विश्वासको मत नदिने बताएका छन् । त्यसो हुँदा अधिकारीको पक्षमा ३१ सांसदले मत दिने छन् ।

एमालेकै १ सांसद जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गर्ने छन् । ६० सांसद रहेको यहाँ सरकार बनाउन कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ । अधिकारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिएसँगै सरकार विस्तार र मन्त्रीहरुको कार्यविभाजन तोक्ने तयारी गरेका छन् । उनले मुख्यमन्त्रीमा सपथ लिएकै दिन ३ मन्त्रीहरुले विना विभागीय सपथ लिएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ५२ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको