५ पुस २०८२, शनिबार | December 20, 2025

मर्चवारको कोटहीमाईमा गोली चलाएको अभियोगमा ३ जना पक्राउ



बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिका-३ त्रिलोकपुरमा गोली चलेको घटना अनुसन्धानका लागि प्रहरीले एक भारतिय नागरिक सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

रुपन्देही प्रहरीले भारत महाराजगञ्जका २५ वर्षीय श्रीप्रसाद यादव सहित कोटहीमाईका स्थानीय १८ वर्षीय दिलिप यादव र २१ वर्षीय विजय भरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बेलुका ७ बजेतिर गोली पड्केको जस्तो आवाज सुनिएको खबर पाएपछि प्रहरी इलाका प्रहरी कार्यालय मझगाँउबाट प्रहरी घटनास्थल त्रिलोकपुरमा पुगेको थियो । प्रहरीले सो स्थानबाट कटुवा पेस्तोलमा लाग्ने जस्तो देखिने एक राउण्ड गोली, पड्केको गोलीको खोका, दुई थान नेपाली नम्बर प्लेट लु १३ प ९४१६ र लु ४२ प ५५७२ को मोटरसाइकल २ थान र एउटा भारतीय नम्बर प्लेट UP53BZ9157 को मोटरसाईकल बरामद गरेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको