३ भदौ २०८३, बुधबार | August 20, 2026

व्यवसायीलाई चाकुको माग धान्न भ्याइनभ्याइ


३० पुस २०७९, शनिबार  

143
Shares

भक्तपुर । माघे सङ्क्रान्ति नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका-४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ ।

मध्यपुरथिमिमा ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गरेको चाकु बनाउने पेसा नाती पुस्तासम्म पनि प्रख्यात छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उत्तमराज श्रेष्ठको परिवार एकमहिना अघिदेखि चाकु बनाउन व्यस्त छ ।

थिमिमा चाकु उत्पादन गर्ने पुरानो एकमात्र गणेश चाकु वासको नामबाट प्रख्यात श्रेष्ठले माघे सङ्क्रान्तिका लागि मात्रै नभई वर्ष दिनभरि नै चाकु बनाउछन । यहाँको चाकु र पुष्टकारी स्वदेशमा मात्रै नभई विदेशमा पनि प्रख्यात रहेको बताउछन व्यवसायी श्रेष्ठ । माघे सङ्क्रान्तिले भीड बढेको र जाडो बढेकाले चाकुको माग धान्न धौ धौ परेको उनको भनाइ छ । एक महिनादेखि उनको परिवारसहित दैनिक २५ जना चाकु र तीलको कालो तथा सेता लड्डु (तिलौरी) बनाउन व्यस्त हुन्छन ।

उनी भन्छन, “माघे सङ्क्रान्ति नजिकिएपछि चाकु लिन आउनेको भीड लाग्छ, यहाँ उत्पादन भएको चाकु र पुष्टकारी औषधिको रुपमा प्रयोग गर्न टाढाटाढाबाट लिन आउँछन्, यहाँको चाकुले खोकी निको पार्छ, गर्भवती, सुत्केरीका लागि टाढाटाढाबाट यहीँ चाकु लिन आउँछन्, महिलामा रगत बग्ने समस्या भयो भने चाकु लिन यहीँ आउँछन् ।”

सुत्केरीले यहाँको चाकु खाँदा चिसो नलाग्ने, बच्चाका लागि पर्याप्त दूध आउने, सुत्केरीलाईसमेत सहज हुने भएकाले जाडोमा मात्र नभई गर्मीमा चाकु लिन यहाँ आउने गरेको उनी बताउछन । यहाँका सुदीप श्रेष्ठ जाडोमा र वैशाख जेठमा दैनिक सातदेखि १०, असोज कात्तिकमा १५ देखि २० किलो चाकु र पुष्टकारी बिक्री हुने गरेको सुनाउछन । जाडो बढेपछि दैनिक ५० किलोसम्म चाकु र पुष्टकारी बिक्री गर्ने गरेको र माघे सङ्क्रान्तिलाई उपत्यका र बाहिरबाट माग अत्यधिक आउने भएकाले दैनिक दुई सय किलोसम्म बिक्री हुने गरेको उनी बताउछन ।

उनी भन्छन, “चाकु लिनेको १० दिन अगाडिदेखिनै भीड छ, माघे सङ्क्रान्तिको दिन त चार सयदेखि पाँच सय किलोसम्म चाकु बिक्री हुन्छ । सङ्क्रान्तिपछि पनि बिक्री हुन्छ, हामी २५ जना चाकु बनाउन, प्याकिङ गर्न र बिक्रीलाई खटिएका छौँ ।” भकभकी उम्लिएको दूधमा सख्खर, नरिवल, छोगडा, कुराउनी र विभिन्न मसलाको प्रयोग गरेर बनाइने चाकु लिन भक्तपुर, काठमाडौं, ललितपुर, साँखु, पनौती र उपत्यका बाहिरबाट समेत आउने गरेको सुनाउछन चाकु प्याकिङमा व्यस्त सुरेन्द्र श्रेष्ठ । एक पाउँ, आधा किलो र एक किलो प्याकिङमा पाइने यहाँको चाकु प्रख्यात भएकै कारण स्वदेश तथा विदेशमा उपहार दिन र सुत्केरीलाई खुवाउन टाढादेखि आउने गरेको किस्सा उनी सुनाउछन ।

यहाँको चाकु काठमाडौं उपत्यका र बाहिर बस्ने नेपालीले लैजान्छन् । यो खाँदा फरक स्वाद, मिठास र औषधिजन्य गुण रहेको दाबी गर्छन उत्तमराज । यहाँको चाकु भारत, अमेरिका, अष्ट्रलिया, जापानलगायतका विभिन्न देशमा समेत पुग्छ । विदेश जाने बेलामा कोसेली पठाउने र विदेशमा बस्ने नेपालीले यहाँको चाकु नै माग गर्ने उनी सुनाउछन ।

केही वर्ष अगाडिसम्म प्रतिकिलो रु पाँच सयमा बिक्री गरेकोमा कच्चा पदार्थको मूल्य बढ्दै गएपछि अहिले किलोको रु सात सयमा बिक्री गरेको उनी बताउछन । बाजेले सुरु गरेको यो व्यवसायबाट राम्रो जीविकोपार्जन हुने भएपछि बाबुलाई साथ दिँदै आएका सुदीपले पनि यो पेसालाई निरन्तरता दिँदै आएको बताउछन ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ७ : ३२ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने